प्रहरीको कडा एक्सन नक्कली मह बनाउने १२ जना पक्राउ « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

प्रहरीको कडा एक्सन नक्कली मह बनाउने १२ जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कस्थित होटल रेड डाइमण्डमा छापा मारी नक्कली मह बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

आज बिहान महानगरपालिको बजार अनुगमन टोलीले बसपार्कस्थित तीनवटा कोठामा चिनी पानी पकाएको खुदोलाई मह भनी राखिएको अवस्थामा अनुगमन टोलीले होटल मालिकलाई सोधपुछ गरेर १२ जनालाई नियन्त्रणमा लिएको अनुगमन टोलीमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

होटल सञ्चालकका अनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिएका थिए । हिजो आइतबार अरु ६ जना आएर थपिए । होटल सञ्चालकका अनुसार उनीहरुले आफूलाई मह व्यापारीका रुपमा चिनाएका थिए । उनीहरु दिउँसो मह बेच्न जाने र बेलुका फर्किने गरेका छन् ।

अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा ताला लगाएको छ । त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सानातिना धेरै पोका छन् ।


प्रतिक्रिया दिनुहोस्