नेपाल थप ४०४७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३३८८० पुग्यो « Arthapath.com
८ असार २०८२, आईतबार

नेपाल थप ४०४७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३३८८० पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजा ८०२ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ६४५ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् यो संगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या ७७ हजा २७७ जना रहेका छन् । सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८८० पुगेको डा. गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्