अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री मिल्ग्रोम र विल्सनलाई

काठमाडौं । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री पल मिल्ग्रोम र रोबर्ट विल्सनले संयुक्त रुपमा पाएका छन् ।
नोबेल पुरस्कारका विभिन्न विधाहरुमध्ये प्रमुख मानिने अर्थशास्त्रतर्फको यसपालिको पुरस्कार यी अर्थशास्त्रीद्वयलाई लिलामी सिद्धान्त र नयाँ लिलामी प्रारुपको आविष्कारमा सुधारका लागि दिइएको हो ।
यसलाई संक्षेपमा “अक्सन थ्यौरी” भन्दै यसैमा योगदान गरेवापत यी अर्थशास्त्रीद्वयलाई अर्थशास्त्रतर्फको नोबेल दिइएको स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार जनाएको छ ।