युनाइटेड इन्सुरेन्सले आव २०७५/०७६ को लाभांश नदिने, साधारण सभा गर्न बाँकी « Arthapath.com
२७ आश्विन २०७७, मंगलवार

युनाइटेड इन्सुरेन्सले आव २०७५/०७६ को लाभांश नदिने, साधारण सभा गर्न बाँकी



काठमाडौं । आर्थिक बर्ष २०७५.०७६ को लाभांश नदिने युनाइटेड इन्स्योरेन्सले घोषणा गरेको छ । कम्पनीको बिहीबार (असोज २२ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने घोषणा गरेको हो ।

आर्थिक बर्ष २०७५/०७६ मा वित्तीय विवरणहरु पारित गरी बिमा समितिमा पेश गर्ने निर्णय गरेको हो । तर लाभांश भने वितरण नगरिने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को पहिलो त्रैमास सकिन लागिसकेको भएपनि युनाइटेडले भने आव २०७५/७६ देखि कै साधारण सभा गर्न बाँकी रहेको छ । गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म भने यस कम्पनीले ३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्