दसैँ नजिक आएसंगै सुनको मूल्यमा गीरावट, आइतबार बढेको सुन मंगलबार ५ सयले घट्यो « Arthapath.com
२७ आश्विन २०७७, मंगलवार

दसैँ नजिक आएसंगै सुनको मूल्यमा गीरावट, आइतबार बढेको सुन मंगलबार ५ सयले घट्यो



काठमाडौं । दसैं नजिक आउँदै गर्दा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ तोकेको छ । सोमबार सुनको मुल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मुल्य २० रुपैयाँले घटेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२४५ रहेकोमा आज घटेर १२२५ रुपैयाँमा सिमित भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार मुल्य स्थिर रहदै प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९५ हजार १ सय मै कारोबार भएको थियो । सोमबार चाँदीको मुल्य तोलामा १० रुपैयाले बढेर तोलाको १२ सय ४५ मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भएको थियो । गत शुक्रबार सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सयमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्