सानिमा बैंकले १३.६० प्रतिशत लाभांश वितरण गर्ने « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

सानिमा बैंकले १३.६० प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभाशं विरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८० करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्