पहिलोपल्ट विजिुली महशुल घटाउँदै सरकार « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

पहिलोपल्ट विजिुली महशुल घटाउँदै सरकार



काठमाडौं । सरकारले पहिलेपल्ट विजुलीको महशसल घटाउने भएको छ । अहिले सबैतिर महंगी बढिरहेको बेला सरकारले विजुलीको शुल्क भने घटाउने जनाएको छ ।

उर्जामन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षमा विजुलीको शुल्क घटाउन लागेको जनाएका छन । सरकारले बनाउन लागेको ठुला आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकाले सरकारले विजुलीको शुल्क घटाउन लागेको मन्त्री पुनले बताएका छन ।

माथिल्लो तामाकोशी, खिम्तीलगायतमा अहिले द्रत गतिमा काम भैरहेको छ । यी आयोजनाबाट विजुली निस्कन थालेपछि विजुली महशुल घट्ने सरकारको ठम्याइँ रहेको छ । सरकारले घरेलु र औद्योगिक ग्राहकको लागी शुल्क घटाइसकेको उर्जामन्त्री पुनले बताए ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु हुने भएकाले सर्वसाधारणले सस्तोमा विजुली वाल्न पाउनेछन । आगामी आवमा मात्रै सरकारी र निजी क्षेत्रको १५ हजार मेगावाट विद्युत उत्पादन हुने सरकारी आँकडा छ ।

सरकारले नेपालीको प्रमुख आयातको रुपमा रहेको इन्धन प्रतिस्थापन गर्न विदूत उत्पादनलाई बढावा दिई सस्तोमा विजुली दिन लागेको हो । अहिले दैनिक भान्सामा करोडौंको ग्यास तथा अन्य इन्धन आयात हुँदा राज्यको खर्वाै पुँजी विदेश पलायन भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्