प्रभु लाइफ इन्स्योरेन्सको आईपीओले पायो ‘डबल बी प्लस’ रेटिङ « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओले पायो ‘डबल बी प्लस’ रेटिङ



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपीओको रेटिङ सम्पन्न भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले उक्त कम्पनीको आईपीओलाई मध्यम जोखिमको संकेत गर्ने ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असोज १४ गते निवेदन दर्ता गराएको छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजीका लागि उक्त कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्