तीन दिनमा काठमाडौं उपत्यकामा ५८१५ जनामा कोरोना, बुधबार थप १४०३ जना « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

तीन दिनमा काठमाडौं उपत्यकामा ५८१५ जनामा कोरोना, बुधबार थप १४०३ जना



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार उपत्यकामा २१२९ जना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना संक्रमित थपिएका थिए ।

त्यस्तै सोमबार काठमाडौं उपत्याकामा २२८३ जना कोरोना संक्रमित थपिएका थिए । काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पा.डा. जागेश्वर गौतमले बताएका थिए ।

सोमबार, मंगलबार र बुधबार गरि तीन दिनमा काठमाडौं उपत्यकामा ५ हजार ८१५ जना कोरोना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस्