सामाजीक दुरी कायम गरेर भयो नवनियुक्त मन्त्रीहरुको सपथ, सहभागी सबैलाई माक्स अनिवार्य « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

सामाजीक दुरी कायम गरेर भयो नवनियुक्त मन्त्रीहरुको सपथ, सहभागी सबैलाई माक्स अनिवार्य



काठमाडौं । हिजो नियुक्त भएका अर्थमन्त्री विष्णु पौडेलसहित तीन नयाँ मन्त्रीले राष्ट्रपती विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।

राष्ट्रपति कार्यालयको हलमा भएको ३ मन्त्रीहरुको सपथग्रहण विगतभन्दा भिन्न देखिन्थ्यो । सधैँ रोष्टममै गएर सपथ खाने मन्त्रीहरु यसवर्ष कोरोनाको कारण सामाजीक दुरी कायम गरिएको थियो । सपथ लिने मन्त्रीहरुसहित भिभिआइपिलाई मात्रै बोलाइएको बिहीबारको सपथग्रहण समारोहमा संचारकर्मीहरुलाई पनि प्रवेश दिइएको थिएन ।

राजधानी उपत्यकामा कोरोनाको जोखिम बढिरहेको बेला नवनियुक्त मन्त्रीहरुले रोष्टमभन्दा तलै बसेर सपथ लिएका थिए । जवकी विगतमा मन्त्रीहरुलाई रोष्टममै बोलाएर सपथ खुवाउने चलन थियो । सपथग्रहण समारोहमा प्रधानन्यायधिसको उपस्थिती रहेको थिएन । सहभागी सबै भिभिआईपिसहित सहभागी मन्त्रीहरुले पनि एन ९५ माक्स लगाएका थिए ।

आज विहान साढे ११ बजे राष्ट्रपती भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला वालवालिका तथा जेष्ठनागरीकमन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री उनीहरु नियुक्त भएका थिए । नवनियुक्त मन्त्रीहरुमा विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस भएका छन ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय हेर्दै आएका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय हेर्ने जिम्मेवारी तोकेका छन । त्यस्तै महिला बालबालिका तथा जेष्ठनागरीक मन्त्री रहेका पार्वत गुरुङलाई सूचना तथा संचारप्रविधि मन्त्रीको कार्यविभाजन गरेका छन ।


प्रतिक्रिया दिनुहोस्