काठमाडौंमा ग्याँस सिलिण्डर विस्फोट हुँदा लाखौंको क्षति « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

काठमाडौंमा ग्याँस सिलिण्डर विस्फोट हुँदा लाखौंको क्षति



काठमाडौं । बिहीबार विहान राजधानीको सोह्रखुट्टे नयाँ बजारमा रहेको फलफूल चोकमा खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएको छ । ग्याँस विस्फोट हुँदा २ वटा घरमा लाखौंको क्षति भएको छ ।

ग्याँस सिलिण्डर राखिएको कोठाका भित्ताहरु समेत फुटेका छन् भने सँगै रहेको घरमा समेत क्षति पुगेको हो ।

नयाँ बजारस्थित कृष्ण कार्की क्षेत्रीको घरमा खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठोरका अनुसार बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको र घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घट्नाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्