सञ्चारमन्त्रीले पदभार ग्रहण गर्दै कर्मचारीलाइ दिए चेतावनी « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

सञ्चारमन्त्रीले पदभार ग्रहण गर्दै कर्मचारीलाइ दिए चेतावनी



काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

पदभार ग्रहण गर्दै आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताएका छन् । उनले भने ‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु ।’

त्यस्तै उनले गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने उनको चेतावनी छ । आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्