बाबुरामलाई प्रधानमन्त्री ओलीको चेतावनी, प्रमाण पेश गर्न दिए चुनौती « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

बाबुरामलाई प्रधानमन्त्री ओलीको चेतावनी, प्रमाण पेश गर्न दिए चुनौती



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब बााडेर खाएको भन्ने प्रसंग गलत भएको बताएका छन् ।

केहि दिन अघि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । शुक्रबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भट्टराईको यस्तो दावीलाई खण्डन गरेका हुन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको, तर केही गैर जिम्मेवार तरिकाले बोलेर हिँडेको बताए । उनले भने, ‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं ।’ त्यस्तै उनले जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नगर्न बाबुरामलाइ निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्