सुदूरपश्चिममा नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आयो « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

सुदूरपश्चिममा नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आयो



काठमाडौं । डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ शुरु भएको हो ।

गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवर्धन संरक्षण समिति र बैतडी अमेजिङ एड्भेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो ।

कम्तीमा पनि १५ देखि २० मिनेटसम्मको उक्त प्याराग्लाइडिङ यात्रा सुरु भएपछि अहिले त्यहाँ आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको भीड बढ्न थालेको छतिवन पर्यटन प्रवर्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए ।

प्याराग्लाइडिङको कूल चार हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिछिल गरी तीन स्थानमा गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्