६१ वर्षकी दुलही र ८ वर्षका दुलाहा(फोटो फिचर) « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

६१ वर्षकी दुलही र ८ वर्षका दुलाहा(फोटो फिचर)



काठमाडौं । ६१ वर्षकी शाबानगुले ८ वर्षका सानेले मैसिलेलाबीच विवाह सम्पन्न भएको छ । कमालको कुरा चाँही महिलाको ५ बच्चाहरु पनि छन् । तर पनि यो विवाह कानुनी हिसाबले मात्र नभएर पारम्परिक तरिकाले सम्पन्न भएको हो ।

पहिलो पटक यस्तो विवाह देखेका मानिसहरु हजुरआमा र नाति देखिन्छन् । शाबानगु र मैसिलेलाको विवाह दक्षिण अफ्रिकाको श्वान मा भएको हो । यो विवाहमा १ हजार डलर खर्च भएको छ ।

विवाह गर्नुपर्ने कारण मैसिलेलाको हजुरबुवाको अन्तिम इच्छा आफ्नो मृत्यु भन्दा पहिला नातिको दुलही हेर्ने थियो । उनको अन्तिम इच्छा पुरा गर्न आमाले छोराको विवाह गराएकी थिइन् ।

विवाहमा एक सय जना पाहुनाको अगाडी एक अर्कालाई औठी लगाइदिएका थिए । विवाह केवल परम्परामा मात्र भएको थियो । कानुनी आधारमा भएको थिएन् ।

नाति मैसिलेलाको विवाह नगरेमा हजुरआमाले परिवारमा केहि न केही नराम्रो हुने भनेकाले पनि बाध्य भएर आफ्नो ८ वर्षका छोराको विवाह गराउनु परेको मैसिलेलाको आमाले बताएकी छिन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्