नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने



काठमाडौं । नागरिक लगानीकोषले १२ अर्ब ५६ करोड ३ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि २ वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको हो ।

कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ ।


प्रतिक्रिया दिनुहोस्