आजदेखी बडादशैँ शुरु, घरमा जमारा राखिँदै « Arthapath.com
१ कार्तिक २०७७, शनिबार

आजदेखी बडादशैँ शुरु, घरमा जमारा राखिँदै



काठमाडौैं । आजदेखी बडादशैं सुरु भएको छ । शनिबार कात्तिक १ गते सबै नेकालीको घरघरमा घटस्थापना गरी दशैंको पहिलोदिन मनाईदैछ । आज विजयदशमीको दिन टिकासंगै लगाइने जमारा पनि आजै राखिन्छ ।

आजबाट नेपालीहरुले मनाउँदै आएको महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा जमरा सहित घटस्थापना गरिँदै छ । घटस्थापनको साइत शनिबार विहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घटस्थापनाको दिनदेखी घरको पूजाकोठामा दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक दुर्गाको आगमनको कामनासहित पूजा आरम्भ गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्