कार दुर्घटना हुँदा ५ जनाको ज्यान गयो « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

कार दुर्घटना हुँदा ५ जनाको ज्यान गयो



काठमाडौं । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा परि तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।


दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी उपरीक्षक दासका अनुसार ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्