अनिल शाहलाई कोरोना पोजेटिभ अघिनै भाइरल भएको नविल बैंकको त्यो मार्मिक भिडियो « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

अनिल शाहलाई कोरोना पोजेटिभ अघिनै भाइरल भएको नविल बैंकको त्यो मार्मिक भिडियो



काठमाडौं । संयोग नै मान्नुपर्छ नविल बैंकका सीईओ अनिल केशरी शाहलाई आइतबार विहानै कोरोना पोजेटिभ भएको खवर उनले आफ्नै फेसबुकबाट सार्वजनिक गरे । तर शनिबारै नविल बैंककले पोष्ट गरेको कोरोना कहर र चाडवाड अनि डिजिटाइजेसन संबन्धी संनदेशमुलक भिडियो भने सामाजीक संचालमा भाइरल बन्यो ।

नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गर्दा कती नेपालीहरु सामाजीक रुपमा अपहेलित हुने कोरोना जस्तो रोगबाट ग्रसित छन । रोगले च्याप्नु त आफ्नो ठाउँमा छँदै छ त्यसमाथी पनि सामाजीक र मनोबैज्ञानिक असरबार नविल बैंकले समाजमा देखिएको अहिलेको जल्दोबल्दो उदाहरण भिडियोबाट दिन खोजेको छ ।

https://www.facebook.com/nabilbanklimited/videos/407009100701676

चाडवाडमा हुने भिडभाडबाट सजग रहन सरकारले आग्रह गरेको छ । नविल बैंकका सीईओ आफै कोरोना संक्रमित रहेका छन । उनले कोरोना संक्रमित हुनु पहिलेनै बैंकले मार्मिक भिडियो सार्वजनिक गरेको छ । सन्देशमुलक सो भिडियो २ दिनमै लाखौको नजर परिसकेको छ ।

परिवारको गार्जेन्टमा कोरोना पोजेटिभ हुँदा बालबालिकामा पर्ने मनोबैज्ञानिक असर भिडियोमा राम्रोसंग देखाइएको छ । कोरोना संक्रमित भएपछि र दशैँको सन्दर्भ र डिजिटल कारोवार गर्न बैंकले प्ररित गर्दै सार्वजनिक गरेको ३ मिनेट २५ सेकेण्डको सो भिडियोेले कोरोना संक्रमितको घरमा पनि यसरी आउँछ खुसी भनेर देखाउन खोजेको नबिल बैंकका प्रबन्धक कृष्ण सुवेदीले जानकारी दिए ।

अहिले कोरोना संक्रमितलाई अवहेलना होइन आत्मावल चाहिएको संकेत भिडियोले गरेको छ । तव मात्रै कोरोना जित्न सकिने सन्देश भिडियोमा छ । बैंकमाथी सधै नाफा कमाउने र ग्राहाक शोषणा गर्ने संस्था भन्ने समाजमा रहेको छाप अव परिवर्तन भएको छ । बैंककले आत्मावल, महामारीबाट कसरी बच्ने ? र सन्देशपनि दिने गरेको उदाहरण नविल बैंककले दिएको छ ।

सो मार्मिक भिडियो यस समाचार तयारपार्दासम्म २ दिनमै करिव ४ लाखले हेरिसकेको बैंकका संचार विभाग प्रमुख कृष्ण सुवेदीले जनाए ।


प्रतिक्रिया दिनुहोस्