सोमबार सुन तथा चाँदीको भाउ स्थिर

काठमाडौं । सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार सुनयसै मूल्यमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि स्थिर रही प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।