झन बल्झदै नेकपा विवाद, कर्णाली प्रदेशमा ओलीपक्षका मन्त्री आउट नेपालपक्ष इन « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

झन बल्झदै नेकपा विवाद, कर्णाली प्रदेशमा ओलीपक्षका मन्त्री आउट नेपालपक्ष इन



काठमाडौं । नेकपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आन्तरीक विवाद चरमचुलितर्फ अघि बढेको छ । नेकपाका दुई अध्यक्षविचको विवाद कर्णालीबाटै सुरु भएको थियो । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको विवाद केन्द्र सरकारमा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रश्ताव आउने संभावना बढेको छ ।

कर्णालीबाट सुरु भएको नेकपाको विवाद केन्द्र सरकारमा मन्त्रीमण्डल विस्तार र राजदुतहरुको नियुक्तीलाई लिएर दुई अध्यक्षविच दुरी बढेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डविच वार्तालापनै हुन सकेको छैन । गत साउनमै पार्टी विवाद समाधान गर्न बनाइएको कार्यदलको सुझावबिपरित प्रधानमन्त्री ओली अघि बढेपछि दुई अध्यक्ष दुई तिर भएका हुन ।

विवाद सामाधानको लागी दोस्रो तहका नेताहरुले दुबै अध्यक्षहरुसंग गरिरहेको वार्ता पनि निर्रथक बनेको छ । सोही परिणम सोरुप प्रधानमन्त्री ओली पक्षका दुई मन्त्रीलाई हटाएर कर्णाली प्रदेशका मुख्यकमन्त्री शाहीले अविश्वासको प्रश्तापको विपक्षमा साथ दिने माधव नेपाल पक्षका सांसदहरुलाई मन्त्रीमा नियुक्त गर्दैछन ।

ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने गरी मुख्यमन्त्री शाही अघि बढेका छन । मुख्यमन्त्री शाहीले आजै ओली पक्षले संहालेको सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर माधव नेपाल पक्षका चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउन लागेका छन ।

ओली पक्षका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले यसअघिनै हटाइसकेका छन । कर्णाली प्रदेश सरकारमा अव ओली पक्ष आउट भएपछि प्रचण्ड पक्ष र माधव नेपाल पक्षाले सरकार चलाउने छ । अव देशव्यापी रुपमा माधव नेपाल पक्षले प्रचण्डपक्षलाई साथ दिनेहो भने ओलीपक्ष कमजोर बन्ने निष्चीत छ ।


प्रतिक्रिया दिनुहोस्