किन गरिन १० पटक सम्म बिहे, अझै जीवनसाथी खोज्दैछिन यी महिला « Arthapath.com
१७ कार्तिक २०७७, सोमबार

किन गरिन १० पटक सम्म बिहे, अझै जीवनसाथी खोज्दैछिन यी महिला



काठमाडौं । बिहेको समयमा हरेक मानिसको चाहना हुन्छ कि आफ्नो पार्टनर असल होस र ऊसँग हाँसीखुसी जिवन बिताउन सकियोस ।
तर अमेरिकामा एकजना महिलाले सही जीवनसाथीको खोजीमा अहिलेसम्म १० पटक बिहे गरिसकेकी छिन् ।
आफूले यति धेरै पटक बिहे गरिसक्दा पनि उनलाई बिहेको संख्या धेरै भयो भन्नेमा कुनै परवाह छैन । भविष्यमा अझै कतिपटक बिहे गरिएला भन्ने कुराको पनि उनलाई खासै चासो छैन । उनलाई चासो छ त केवल आफ्नो लागि पर्फेक्ट जीवनसाथी भेट्टाउने । १० पटक बिहे गर्दा पनि असल लोग्ने पाउन नसकेपछि आफ्नो लागि ‘मिस्टर राइट’ को खोजी उनले पुनः सुरु गरेकी छिन् ।
केइसी नामकी महिला अमेरिकाको न्युयोर्कमा बस्दछिन् । अमेरिकाको चर्चित टेलिभिजन शो Dr I Phil Show मा उनले आफ्नो त्यो अनौठो राजको खुलासा गरेकी हुन् ।
सफल व्यवसायिक महिलाको रुपमा टेलिभिजन कार्यक्रममा सहभागी भएकी केइसीले त्यसक्रममा आफ्नो उक्त अनौठो व्यक्तिगत जिवनका बारेमा खुलासा गरिन् ।
५६ वर्षीया केइसीले हालै उनको १० औँ लोग्नेसँग डिभोर्स गरिन् । १० औँ वैवाहिक सम्बन्धमा पनि खटपट आएको र दाम्पत्य जिवनबाट खुसी नभएपछि उनले वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेकी थिइन् ।
१० औँ पतिसँगको डिभोर्सपछि सिंगल रहेकी केइसीले पुनः आफ्नो नयाँ पार्टनरको खोजी सुरु गरेकी छिन् ।
१० जना पुरुषसँग बिहे गरिसकेकी केइसीका ती विवाहमध्ये सबैभन्दा टिकेको विवाह चाहिँ ८ वर्ष टिकेको थियो । त्यो वैवाहिक सम्बन्ध जिवनभर टिक्ला भन्ने उनको आशा थियो तर त्यस्तो भएन ।
त्यस्तै उनको सबैभन्दा कम समयमै डिभोर्स भएको वैवाहिक सम्बन्ध केवल ६ महिनामै टुटेको थियो ।
जीवनमा १० पटक बिहे गर्ने क्रममा आफूले निकै धेरै उतारचढाव व्यहोरेको केइसी बताउँछिन् । १० पटक बिहे गर्नु आफ्ना लागि गर्वको विषय नभए तापनि आफू दुःखी पनि नरहेको उनको भनाइ छ । सम्बन्ध अगाडि बढ्न नसक्ने अवस्थामा पुगेपछि आफू घिसिपिटी गरेर नबस्ने र डिभोर्सको निर्णय लिइहाल्ने बानी उनको छ । उनले लोग्नेसँग सीधै ‘म खुसी छैन, मलाई डिभोर्स चाहियो’ भनेर भन्छिन् ।
उनको पहिलो विवाह ८ वर्ष, दोश्रो ७ वर्ष र तेश्रो अढाइ वर्षसम्म चल्यो । त्यसक्रममा उनको एउटा छोरा पनि जन्मिएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्