छिमेकि मुलुक भारतमा ८२ लाख नाघे कोरोना संक्रमित

काठमाडौं । छिमेकि मुलुक भारतमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या ८२ लाख नाघेको छ ।
सोमबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ लाख २९ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४५ हजार २३० नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख २२ हजार ६०७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ४ सय ९६ जनाको कोरोनाबाट ज्यान गएको छ ।
हालसम्म भारतमा ७५ लाख ४४ हजार ७९८ संक्रमित निको भएर घर फकेर्का छन ।