नेको इन्स्योरेन्सको १० लाख ७० हजार संस्थापक शेयर बाँडफाँड « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

नेको इन्स्योरेन्सको १० लाख ७० हजार संस्थापक शेयर बाँडफाँड



काठमाडौं । नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड गरिएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुमध्ये १० लाख ७० हजार २ सय ६.८४ कित्ता शेयर कात्तिक १५ गते बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

विक्री प्रबन्धक सनराईज क्यापिटल रहेको बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा सम्पूर्ण शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

बाँडफाँडमा परेको शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा आजदेखि आईपीएस मार्फत उल्लेख गरिएको खातामा भुक्तानी गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्