काठमाडौंमा ट्राफिक प्रहरी कडा बन्दै, नियम उल्लंघन गर्ने ७७९ जनालाई कारबाही « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

काठमाडौंमा ट्राफिक प्रहरी कडा बन्दै, नियम उल्लंघन गर्ने ७७९ जनालाई कारबाही



काठमाडौं । सार्वजनिक सुवारी साधनमा भाडादर नटाँस्ने १५३ जनामाथि कारवाही गरिएको छ ।

महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाही तीव्र बनाएसंगै ट्राफिक नियम उल्लंघन गर्ने ७७९ जनालाई उपत्यकामा सोमबार ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

जसमा यात्रुले देख्ने गरी सार्वजनिक सवारीसाधनमा भाडा सूची नटाँस्ने १५३ जना, नम्बर प्लेट स्पष्ट नराख्ने १८९ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ७७ जना र मदिरा पिएर सवारीसाधन चलाउने ११ जनामाथि समेत कारबाही गरिएको छ ।

जोर–बिजोरको उल्लंघन गर्ने ८१५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । जसमा ६४८ वटा दुईपाङ्ग्रे र १६७ वटा चारपाङ्ग्रे सवारीसाधन छन् ।

त्यस्तै गएको चौबीस घण्टामा विभिन्न नाका प्रयोग गरी ५ हजार ६२२ वटा सवारीसाधनमा २९ हजार ३९१ जना यात्रु उपत्यका भित्रिएका छन् । ५ हजार १९० वटा सवारीसाधनमा २५ हजार ७२१ जना यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्