पुनर्बीमा कम्पनी सातौं वर्षमा प्रवेश, १० अर्ब चुक्ता पुँजि « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

पुनर्बीमा कम्पनी सातौं वर्षमा प्रवेश, १० अर्ब चुक्ता पुँजि



काठमाडौं । पुनर्बीमा कम्पनी सातौं वर्षमा प्रवेश गरेको छ । वि.स. २०७१ साल कार्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको पुनर्बीमा कम्पनी ६ बर्ष पुरा गरि सातौ बर्षमा प्रवेश गरेको हो । पुनर्बीमा कम्पनीमा नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको छ । अन्तराष्ट्रिय मुद्रा आर्जन गर्ने सेवा प्रदायक कम्पनी हो ।

पुनर्बीमा कम्पनीले नेपालबाट पुनर्बीमा शुल्क बापत बाहिरिने बार्षिक ७ अर्ब रुपैयाँमा समेत जोगाउन सफल भएको छ । कम्पनीको १० अर्ब चुक्ता पुँजि रहेको छ । कम्पनीले गत आवमा १५ अर्बभन्दा बढि लगानी गरी नेपालको वित्तीय क्षेत्रमा सशक्त उपस्थिति जनाएको छ ।

कम्पनीले सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले डिजिटल माध्यमबाट विशेष कार्यक्रम आयोजना गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी रकम १५ अर्ब माथि रहेको छ भने लगानी प्रतिफल १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्