यस्ता एजेण्डासहित सानिमा र सिद्धार्थ क्यापिटलको बार्षिक साधारणसभा आज « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

यस्ता एजेण्डासहित सानिमा र सिद्धार्थ क्यापिटलको बार्षिक साधारणसभा आज



काठमाडौं । सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक आज हुँदै छ ।सानिमा क्यापिटलको कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा साधारण सभा हुने भएको छ । उक्त सभा अपरान्ह २ बजे हुने भएको छ । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सिद्धार्थ क्यापिटलले नक्सालमा सभा बोलाएको छ । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।साथै उक्त सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्