भारतीय प्रहरी एसएसबिलाई स्थानीयले लखेटे « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

भारतीय प्रहरी एसएसबिलाई स्थानीयले लखेटे



काठमाडौं । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१०भुडा स्थित नेपाल–भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल (एसएसबी) लाई स्थानीयले लखटेका छन् ।

नेपाली पक्षसंग कुनैपनि समन्वय नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणसंगै रहेको नहर नापी रहेको भारतिय एसएसबीलाई बेलौरी नगरपालिका–१० भुडाका स्थानीयले लखटेका हुन् ।

बिबादास्पद रहेको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको भारतीय सुरक्षा बल (एसएसबी) ले हतियारसहित निरीक्षण गरिरहेको थियो । नेपाली पक्षसंग समन्वय नै नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटिएको बेलौरी नगरपालिका–१० का वडासदस्य रामनाथ चौधरीले बताए ।

बेलौरी नगरपालिका–१० भुडामा वषौँदेखि सीमा विवाद रहेको छ । उक्त क्षेत्रमा भारतीय एसएसबी हतियार सहित प्रवेश गरी एकतर्फी रुपमा नापजाँच गरिरहेको छ यो भारतीय पक्षको दादागिरी हो । अन्तर्राष्ट्रिय सिमा विवाद मिलाउन सरकारले टोलि गठन गरेको भएता पनि एकलौटीरुपमा भारतिय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेर नाप्नु गलत रहेको अन्तराष्ट्रिय सीमा निगरानी समूहका सदस्य हरिश पन्तले बताए ।

बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३५ देखि नाप्दै आइरहेको भारतीय प्रहरी टोलि, ३४ र ३३ भएको क्षेत्रमा हतियार सहित आएका एसएसबीले एकतर्फी रुपमा भूमी नापिरहेको बेला स्थानीयले भारतीय एस एस बि लाई लखेटिएको हो ।

नेपाल भारत सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसंग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय नै नगरी नेपाली भुमिमा गस्ती र निरीक्षण गर्नु गलत रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महोतोले बताए । सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसंग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए ।

‘नेपाल-भारतका सिमामा रहेका सीमा स्तम्भहरुको हेरफेर भएको छ/छैन् भनी निरीक्षण गरेका हुन् ।’ भारतीय एस एस बिले गर्ने नियमित गस्ती पनि हो । प्रमुख जिल्ला अधिकारी महतोले भने, नेपाली पक्षले पनि नियमित गस्ती निरीक्षण गर्ने गर्छ तर समुन्वय गरेर समुन्वय नगरेर निरीक्षण गरेकोमा भारतीय एस एस बिले माफी मागेको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।राजधानी दैनिकबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्