घोडीघोडा लघुवित्तको पहिलो त्रैमासमा खुद नाफा ५ लाख ५८ हजार रुपैयाँ « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

घोडीघोडा लघुवित्तको पहिलो त्रैमासमा खुद नाफा ५ लाख ५८ हजार रुपैयाँ



काठमाडौं । घोडीघोडा लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनी २४ लाख ८७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यसले खुद ब्याज आम्दानी भने १६.५८ प्रतिशतले बढाएर ४६ लाख ४० हजार रुपैयाँ पुर्याएको कम्पनीले जनाएको छ । गत वर्ष ३९ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, १ लाख ८२ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । कम्पनीको हाल चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्