थप २८१७ जनामा कोरोना, उपत्यकामा मात्रै १५३३ जना,सक्रिय संक्रमित ३५ हजार ४१९ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । त्यस्तै आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।
आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १०८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन् ।