एनएमबि लघुवित्तको नाफा १०४.४१ प्रतिशतले बढि, अधिकांश सूचकमा सुधार « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

एनएमबि लघुवित्तको नाफा १०४.४१ प्रतिशतले बढि, अधिकांश सूचकमा सुधार



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको पहिलो त्रैमासमा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत बर्षको भन्दा यस बर्ष कम्पनीले १०४.४१ प्रतिशतले बढि नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष ५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले ७ करोड ९३ लाख रुपैयाँ पुराएको छ । गत बर्ष २ करोड ३७ लाख रुपैयाँबाट बढाएर ४ करोड ९३ लाख रुपैयाँ पुराएको छ । खुद ब्याज आम्दानी ३२.४० प्रतिशतले बृद्धि भएको छ भने संचालन नाफा १०७.५३ प्रतिशतले बृद्धि भएको छ ।

गत बर्षको असोज मसान्तसम्ममा १६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको चालु आवको सोही अवधिसम्ममा बढेर ४५ करोड ३६ लाख १८ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको जगेडा कोष १६ करोड २६ लाख ४१ हजार रुपैयाँबाट बढेर ३० करोड ३२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ निक्षेप र २ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ सापटीबाट कुल ४ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ८५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्