नेकपा विवाद झनै बढ्दो, ओलीको सन्देश बोकेर पोखरेल खुमलटारमा, प्रचण्डपक्षले सचिवालय बैठक बोलाउने « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

नेकपा विवाद झनै बढ्दो, ओलीको सन्देश बोकेर पोखरेल खुमलटारमा, प्रचण्डपक्षले सचिवालय बैठक बोलाउने



काठमाडौं । नेकपाभित्र देखिएको विवाद अझै बढिरहेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविच देखिएको विवाद अझै साम्य भएको छैन ।

दुई अध्यक्ष मिलाउन लागिपरेका दोस्रो तहका नेताहरु पुन सक्रिय बनेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संसदिय दलका उपनेता सुवास नेम्वाङ र पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल लागिपरेका छन ।

शनिबार प्रधानमन्त्री ओलीले २ संचारमाध्यामलाई दिएको अन्र्तवार्ताले दुई अध्यक्षविच झनै तिक्तता बढिरहेको छ । अध्यक्ष प्रचण्डलाई ओलीले उपाध्यक्ष भनेपछि दुई अध्यक्षको विवाद झनै बढेको छ । प्रचण्ड–नेपाल पक्षले पार्टी सचिवालय बैठकको माग गरेका छन भने ओलीपक्ष औचित्यको आधारमा मात्रै बैठक बस्ने बताएका छन ।

पार्टीको सचिवालयमा बहुमत पुर्याएका प्रचण्ड नेपालपक्ष बैठकमै राजिनामा माग्ने योजनामा रहेको छ । उता ओलीले भने आफु निर्वाचित अध्यक्ष भएकाले राजिनामा नदिने बताएका छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सचिवालय सदस्यहरुले लिखितरुपमा सचिवालय बैठक बोलाउन गरेको आग्रह नमानेपनि अर्का अध्यक्ष प्रचण्डपक्षले बहुमतको आधारमा सचिवालय बैठक राख्न लागेका हुन । कुनै बहानामा पार्टीका बैठक रोक्न नहुने भन्दै नेपालपक्षको साथमा प्रचण्डले बैठक बोलाउन लागेका हुन । सोमबार माधव नेपालपक्षसंग भएको वार्तामा कुरा नमिलेपछि ओली अल्पमतमा परेका छन ।


प्रतिक्रिया दिनुहोस्