गत वर्ष ४५ प्रतिशत बोनस सेयर दिएको मिर्मिरेले यस बर्ष १२ प्रतिशत दिने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
मिर्मिरेले हाल कायम ३९ करोड ६१ लाख ४६ हजार ६४१ रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो । बोनस सेयरमा लग्ने कर तिर्न ०.६३५ नगद लाभांश दिने निर्णय पनि गरेको छ ।
बोनस वितरण भएपछि चुक्ता पुँजी ४४ करोड ३६ लाख ८४ हजार २८७ रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
गत वर्ष भने मिर्मिरेले ४५ प्रतिशत बोनस सेयर र २.३७५ नगद लाभांश वितरण गरेको थियो ।
