अजोड इन्सुरेन्सले ५ करोड ३० लाख नाफा कमायो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अजोड इन्सुरेन्सले कम्पनीले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५८८.३१ प्रतिशतले बढि हो । कम्पनीले अघिल्लो वर्ष ७७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो वर्ष कम्पनीले ७ करोड ९५ लाख खुद बिमा शुल्क आर्जन गरेकोमा यस बर्ष ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको तुलनमा ४५.४० प्रतिशतले बढेको हो ।
त्यस्तै, अघिल्लो वर्ष बिमा कोषमा ३ करोड २० लाख रुपैयाँ रहेकोमा यस बर्ष ८ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ ।
कम्पनीले असोजसम्म ३ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अजोडको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ । यसको जगेडा कोषमा ६ करोड ९३ लाख रुपैयाँ रहेको छ । अजोडको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपेयाँ ७२ पैसा छ ।