बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूबीच बजेट असन्तुष्टि बारे छलफल « Arthapath.com
७ असार २०८३, आइतबार

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूबीच बजेट असन्तुष्टि बारे छलफल



काठमाडौं । प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बजेटप्रति गठबन्धनभित्रै असन्तुष्टि देखिएपछि त्यसलाई समेट्ने प्रयासस्वरूप नेताहरूबीच छलफल सुरु गरिएको हो।

बजेट पारित गर्नु अघि साझा धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत गठबन्धनका अन्य नेताहरूको उपस्थितिमा बैठक भइरहेको हो।


प्रतिक्रिया दिनुहोस्