एनआईसी एशिया बैंकको १ अर्ब बढी नाफा, निक्षेप संकलन २ खर्ब ३१ अर्ब

काठमाडौं । पछिल्लो समय निक्कै आक्रामब बजार विस्तारमा लागेको एनआइसि एसिया बैंक पहिलो त्रैमासमै अर्वपतिको सुचिमा दर्ज हुन सफल भएको छ । ३ महिनामै उसले १ अर्वभन्दा बढी नाफा कमाएको हो ।
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सोही अवधिमा गत आर्थिक वर्ष १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनमा यस बर्ष १ करोड १४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो । बैंकको वितरण योग्य मुनाफा ४ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ, जगेडा कोषमा ६ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ । गत बर्ष बैंकको जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ सञ्चित थियो । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९८ करोड रुपैयाँ र सञ्चालन मुनाफा बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको निक्षेप संकलन बढेर २ खर्ब ३१ अर्ब रुपैयाँ र कर्जा लगानी बढेर १ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा घटेर ०.४० प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर ४२.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.७२ गुणा रहेको छ ।