स्ट्याण्डर्ड चार्टर्ड बैंकको अधिकांश सूचकहरुमा गिरावट, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत ार्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको थियो । गत बर्षको तुलनमा बैंकको २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७.६८ प्रतिशतले नाफामा कमी आएको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ६२ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ५७ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ५१ करोड रुपैयाँ थियो ।
त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१ करोड ४५ लाख रुपैयाँ घटेर ६० करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ३५ करोड १९ लाख रुपैयाँ घटेर ५८ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा बैंकको निक्षेप ९५ अर्ब २ करोड रुपैयाँबाट घटेर ८२ अर्ब २२ करोड रुपैयाँ र कर्जा ५३ अर्ब ९२ करोडबाट घटेर ५० अर्ब १७ करोड रुपैयाँमा झरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १६ पैसा रहेकोमा २० रुपैयाँ ४ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३२.८३ गुणा रहेको छ ।