पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ, १ अर्ब नाफा, ५ अर्ब रुपैयाँ कोषमा संचिती « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ, १ अर्ब नाफा, ५ अर्ब रुपैयाँ कोषमा संचिती



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६÷०७७ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । बीमा कोषमा १ अर्ब ४७ करोड ५० हजार ९१ हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ३ करोड ७७ लाख रुपैयाँसहित कूल ५ अर्ब ५ करोड २८ लाख ३१ हजार रुपैयाँ संचिती गर्न सफल भएको कम्पनीले सार्वजनिक गरेको बित्तीय विवरणमा उल्लेख गरेको छ ।

कम्पनीले १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय १ अर्ब ६ करोड ५४ लाख र जीवन बीमा व्यवसाय १७ करोड १७ लाख रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा जम्मा ८७ करोड २० लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ४१.८८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

गत असार मसान्तसम्ममा कम्पनीको कम्पनीले निर्जिवन र जीवन बीमा गरी कूल ६ अर्ब ६३ करोड २४ लाख २९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सोहि अवधिमा अघिल्लो वर्ष ६ अर्ब ३१ करोड ८० लाख ४९ हजार रुपैयाँ थियो ।

कम्पनीको पुनर्बीमा कमिशन बापत भुक्तानी गर्नुपर्ने रकम अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५ करोड ८६ लाख ९२ हजार रुपैयाँ विदेश पठाएको थियो भने गत आवमा साढे २ करोड रुपैयाँ भन्दा बढिले घटेर २ अर्ब ३ करोड २० लाख ४ हजार रुपैयाँ मात्रै विदेश पठाएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा कूल २ अर्ब ७७ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ५८ करोड रुपैयाँ बाँकी छ । नेपाल पुनर्बीमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२.३७ पैसा, प्रतिशेयर नेटवर्थ १५०.९२ पैसा र मूल्य आम्दानी अनुपात ४०.७४ गुणा छ ।


प्रतिक्रिया दिनुहोस्