सेञ्चुरी बैंकको अधिकांश सूचकहरु गिरावट, नाफा ४० प्रतिशत घट्यो
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस बर्ष १५ करोड ५ लाख रुपैयाँले नाफा घटेको हो । बैंकको वितरण योग्य मुनाफा ११ करोड ६१ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ, बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ५६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड र रिटेन्ड अर्निङ्गमा ६८ करोड २१ लाख रुपैयाँ थियो ।
यस अवधिमा बैंकको निक्षेप ६५ अर्ब ३४ करोड रुपैयाँबाट बढेर ७९ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने कर्जा ५८ अर्ब ४ करोडबाट बढेर ६३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ करोड २० लाख रुपैयाँ घटेर ६६ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१ करोड ३५ लाख रुपैयाँ घटेर ३० करोड ७६ लाख रुपैयाँमा झरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ रुपैयाँ ६३ पैसा रहेकोमा यस बर्ष घटेर १० रुपैयाँ ४७ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.९६ गुणा रहेको छ।