सिद्धार्थ बैंकको ब्याज आम्दानीसँगै नाफामा गिरावट, जगेडा कोषमा ५ अर्ब ६६ करोड रुपैयाँ « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

सिद्धार्थ बैंकको ब्याज आम्दानीसँगै नाफामा गिरावट, जगेडा कोषमा ५ अर्ब ६६ करोड रुपैयाँ



काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनमा यस बर्ष २ करोड ७ लाख रुपैयाँले घटेको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ४८ करोड ६२ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ८० लाख रुपैयाँ घटेर १ अर्ब ३४ करोड ३७ लाखमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २ करोड ५ लाख रुपैयाँ घटेर ७२ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ६६ करोड ८९ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड ७० लाख र रिटेन्ड अर्निङ्गमा १ अर्ब २१ करोड ९ लाख रुपैयाँ थियो ।

बैंकको यस अवधिमा निक्षेप १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँबाट बढेर रुपैयाँ १ खर्ब ४९ अर्ब ४५ करोड पुगेको छ भने कर्जा १ खर्ब २३ अर्ब ४४ करोडबाट बढेर १ खर्ब २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्ष २३ रुपैयाँ ३ पैसा रहेकोमा यस बर्ष २० रुपैयाँ ७ पैसामा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्