अर्थमन्त्री पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतबीच शिष्टाचार भेट, १ अर्ब २६ करोड रुपैयाँ सहयोग « Arthapath.com
२८ कार्तिक २०७७, शुक्रबार

अर्थमन्त्री पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतबीच शिष्टाचार भेट, १ अर्ब २६ करोड रुपैयाँ सहयोग



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गरेका छन् ।

अर्थमन्त्री पौडेलले कोभिड १९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै दोश्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गर्दै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवाद दिएकी छिन् ।

राजदूत एलिजावेथ भोन क्यापेलरले नवनियुक्त अर्थमन्त्रीलाई बधाई ज्ञापन गरेकी छिन् । देशको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत१० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको विषय औल्याईन । साथै प्रधानमन्त्रीले सार्नु भएको दूरदृष्टि तथा वर्तमान सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गरिन् ।

उहाँले संघीयता कार्यान्वयनमा नेपालले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म विकास सहायता परिचालन गर्ने कार्यविधिहरुको निर्माण गरी स्पष्टता ल्याएकोमा खुशी व्यक्त गर्नुभयो। कोभिड(ज्ञढ को महामारी नियन्त्रणमा स्वीस सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्बता समेत व्यक्त गरिन ।
उक्त शिष्टाचार भेटघाटका अवसरमा नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच MOTORAL LOCAL: ROADS BRIDGE PROGRAMME ( MLRBP) PHASE IV को लागि ९.२८ मिलियन स्वीस फ्र्यांक (करिव १ अर्ब २६ करोड नेपाली रुपैयाँ) को प्राविधिक सहायता परिचालन गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारकातर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्