सन नेपाल लाइफको खुद नाफा २७ प्रतिशतले घट्यो, खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढ्यो
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पहिलोे त्रैमासमा खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढेर ४० करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २७ प्रतिशतले घटेर २ करोड ५४ लाख रुपैयामा सिमित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा ३ हजार ८३ वटा दाबी वापत २ करोड ४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २६ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब १५ करोड रुपैयाँ संचित रहेको छ ।