पञ्जाव नेश्नल बैंकलाई कडा काराबाही, रिजर्व बैंकद्वारा पिएसओ खारेज र १ करोड रुपैयाँ जरिवाना « Arthapath.com
२ मंसिर २०७७, मंगलवार

पञ्जाव नेश्नल बैंकलाई कडा काराबाही, रिजर्व बैंकद्वारा पिएसओ खारेज र १ करोड रुपैयाँ जरिवाना



काठमाडौं । भारतीय रिजर्व बैंकले भुक्तानी र बन्दोबस्त सम्बन्धी ऐनको उल्लंघन गरेको आरोपमा भारतीय पञ्जाव नेश्नल बैंक (पीएनबी) लाई नेपाली १ करोड ६० लाख अर्थात भारतीय १ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

बैंकले रिजर्व बैंकबाट अनुमति नै नलिई भुटानको ड्रक पीएनबी बैंक (बैंकको अन्तर्राष्ट्रिय सहायक कम्पनी) सँग द्विपक्षीय साझा एटीएम प्रणाली संचालन गरेको आरोपमा रिजर्व बैंकले सो जरिवाना गरेको जनाएको छ ।

हालसम्म पञ्जाव बैंकले केन्द्रीय बैंकको स्वीकृति प्राप्त गरेको छैन । रिजर्व बैंकले भुक्तानी र बन्दोबस्त प्रणाली ऐन, २००७ (पीएसएस ऐन) को धारा २६ को उपदफा (६) को उल्लंघन गरेको भन्दै १ करोड रूपैयाँको जरिवाना गरेको हो ।

रिजर्व बैंकले विज्ञप्ती जारी गर्दै पञ्जाव बैंकले कानुनको उल्लंघन गरेकोले बैंकको भुगतान प्रणाली अपरेटर (पिएसओ) प्रमाणपत्र पनि खारज गरेको उल्लेख गरेको छ । भारतीय रिजर्व बैंकले मनोमानी गर्ने बैंकहरूमाथि कडाई गर्दै आएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्