साँढे २ वर्षमा युनाइटेड इन्स्योरेन्सबाट बाहिरिए भट्टराई, जिवन भट्टराईले मार्लान त बाजी ? « Arthapath.com
३ मंसिर २०७७, बुधबार

साँढे २ वर्षमा युनाइटेड इन्स्योरेन्सबाट बाहिरिए भट्टराई, जिवन भट्टराईले मार्लान त बाजी ?



कामु सीईओमा उपासना नियुक्त

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको कामु सीईओ रमेश कुमार भट्टराईले राजिनामा दिएका छन । भट्टराईलाई कम्पनीले दिएको करार अवधी गत कात्तिक २४ गते सकिएपछि कम्पनी छाडेका हुन ।

युनाइटेड इन्स्योरेन्सको सीईओ बन्न पुर्व बैंकर तथा इन्स्योरेन्सको संचालक रहेका जिवन भट्टराई सीईओ बन्ने प्रक्रियमा रहेका थिए । बिमा समितिले भट्टराईले मागेको तलव दिन इन्कार गरेपछि उनको नियुक्ती थाँति बसेको थियो ।

बजारमा कमजोर रहेको युनाइटेड इन्स्योरेन्सलाई भट्टराईले साँढे २ वर्षमा प्रतिस्प्रधि कम्पनीको रुपमा स्थापित गरेर बाहिरिएका छन । संचालक समितिसंग सीईओ मागेका भट्टराईको म्याद थप नभएपछि उनि बाहिरिएका हुन । भट्टराईले छाडेपछि कम्पनीको संचालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त गरेको छ ।

कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई कामु सीईओको पदको जिम्मेवारी दिइएको हो । सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा काम गरिसकेकी पौडेल युनाइटेडको डेपुटी सीईओ पदमा काम गरिरहेकी थिइन । पौडेलसँग बीमा क्षेत्रको १० वर्षको अनुभव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्