राष्ट्र बैंकले स्किृति दिएपछि सोमबारदेखि महुली र नव किरण लघुवित्तको एकिकृत कारोबार

काठमाडौं । महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंंकले अन्तिम स्वीकृती दिएको छ ।
गत भादै ९ गते महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था आपसमा मर्जर सम्बन्धि निर्णय गरेको थियो ।
राष्ट्र बैंकले भने कार्तिक १९ गते मर्जरको लागि स्वीकृती दिएको हो । मर्जर स्वीकृत पंश्चात संचालक समितिको निर्णय बमोजिम महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट संस्थाको मंसिर ०८ गते सोमबारबाट एकिकृत कारोबार हुने भएको छ ।
