रिलायन्स लाइफको व्यतित बीमालेखमा शतप्रतिशत छुट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।
रिलायन्स लाइफ इन्सुरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक वर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी उक्त छुट दिने भएको हो ।