कोरोना सङ्क्रमितको परीक्षा १५ मिनेटपछि, स्नातक तहको शैक्षिक सत्र खेर नजाने « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

कोरोना सङ्क्रमितको परीक्षा १५ मिनेटपछि, स्नातक तहको शैक्षिक सत्र खेर नजाने



काठमाडौं । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरि ने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पर ीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गतगत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिनुभयो । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

मङ्िसरबाट सरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हार हार मा स्नातकोत्तर तहमा भर्ना हनु सक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष फागनुमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सरु भएकोमा यस बर्ष एक महिनाको हाराहारीमा मात्रै समय
फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

थप २० करोड लागत

परीक्षा नियन्त्रक जो शीले रोकिएको परीक्षाका कारण विश्वविद्यालयलाई झन्डै २० करो ड रुपियाँ परीक्षा सञ्चालनमा थप खर्च हुने देखिएको जानकारी दिनुभयो । रोकिएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्दा तत्कालका लागि विगतको तुलनामा २० करोड रुपियाँ बढी खर्च हुने देखिएको जनाइएको छ । लाखौँ विद्यार्थीको भविष्य र विश्वविद्यालयको उच्च शिक्षाको कक्षा निरन्तर सञ्चालन हुने नै मुख्य कुरा भएकाले यसलाई नै प्राथमिकतामा राखिएको जनाइएको छ ।

यसैविच त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने गरी व्यवस्था गरेको छ । सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि परीक्षा सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिनेछ ।

साधारण विद्यार्थीसित सङ्क्रमित विद्यार्थीको सम्पर्क भेटघाट नहोस् भन्ने हिसाबले १५ मिनेटपछि परीक्षा सुरु गर्ने व्यवस्था मिलाइएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो । सङ्क्रमित विद्यार्थी परीक्षाका लागि तोकिएको समयभन्दा १५ मिनेट ढिला गरी परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रमा अलग्गै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।
(आजको गोरखापत्रबाट)


प्रतिक्रिया दिनुहोस्