३३ जना एसएसपीहरुको विभिन्न ठाँउमा सरुवा, काठमाडौं प्रहरी प्रमुखमा सिंह « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

३३ जना एसएसपीहरुको विभिन्न ठाँउमा सरुवा, काठमाडौं प्रहरी प्रमुखमा सिंह



काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’हरुको सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्य सरुवा भएर आएका छन् ।

काठमाडौंका एसएसपी श्याम ज्ञवाली साढे ६ महिनामै सरुवा भएर गएका छन् । उनी प्रहरी प्रधान कार्यालय तानिएका छन् । यस्तै ललितपुरका एसएसपी टेकप्रसाद राई पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालको पनि सरुवा भएको छ । ट्राफिक प्रहरी महाशाखामा भने एसएसपी जनक भट्टराई आएका छन् ।

प्रहरी प्रवक्ता कुवेर कडायतको प्रहरी नियुक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासी सरुवा भएको छ ।

कुल ३३ जना एसएसपीहरुको विभिन्न ठाँउमा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवाको पुरा विवरणस्


प्रतिक्रिया दिनुहोस्