युनाईटेड इदी–मार्दीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मंसिर ३ गतेदेखि आईपिओ जारी गरेको युनाईटेड इदी–मार्दीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सर्वसाधारणको लागि कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन खुला गरेको छ । सामूहिक लगानी कोषका लागि ४३ हजार ६९६ कित्ता र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्टाइएर बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । तर उक्त आईपिओमा माग भन्दा बढि आवेदन परिसककेको र न्यूनतम १० कित्ताको कोटा समेत पूरा भइसकेकोले आवेदकहरुका बीचमा गोलाप्रथाको माध्यमबाट आईपिओ वितरण हुनेछ ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस) रेटिङ्ग प्राप्त गरेको छ ।