नागरिक लगानी कोषको नाफा २० प्रतिशतले बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २० प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको यस अवधिमा १४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत बर्ष यसै अवधिमा कम्पनीले १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
कोषको चुक्ता पूँजी एक अर्ब १० करोडबाट बढेर एक अर्ब ६४ करोड पुगेको छ।गत आर्थिक वर्षको पहिलो त्रैमासान ३८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर चालु आर्थिक वर्षको सोहि अवधिमा ३३ रुपैयाँमा कायम भएको छ । कोषको प्रतिशेयर नेटवर्थ २ सय ३८ रूपैयाँ रहेको छ।
कोषले यस अवधिसम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ । कोषले संगठित संस्थाहरुको शेयरमा ११ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको भने सरकारी ऋणपत्रमा एक अर्ब ५ करोड र मुद्धति निक्षेपमा ९१ अर्ब लगानी गरेको छ ।